दफा १४२
तारिखमा बस्न नपर्ने
(१) पुनरावेदनको कारबाहीको सिलसिलामा तारिखमा बस्न नचाहेमा पुनरावेदक वा प्रत्यर्थीले सोही व्यहोराको निवेदन अदालतमा दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम निवेदन परेकोमा पुनरावेदक वा प्रत्यर्थी खोजेको बेलामा उपस्थित हुने कागज गराई अदालतले निजको तारिख टुटाई दिन सक्नेछ ।
तर तारिखमा नरहेको पुनरावेदक वा प्रत्यर्थीले चाहेमा पुनरावेदनको सुनुवाईको लागि तोकिएको तारिखका दिन उपस्थित हुन सक्नेछ ।
(३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि पुनरावेदन सुनुवाई हुँदाका बखत पुनरावेदन उपर केही कुरा बुभ्mनु पर्ने वा कुनै प्रमाण दाखेल गराउनु पर्ने भन्ने अदालतलाई लागेमा त्यस्तो अवस्थामा पुनरावेदक वा प्रत्यर्थीलाई झिकाई तारिखमा राख्न सकिनेछ ।